काठमाण्डु- सानिमा जीआईसी इन्स्योरेन्सककी उप महाप्रबन्धक रेना रिजाल यूनाइटेड अजोड इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत(डीसीईयो) बन्ने भएकी छिन् । अजोडका डीसीईओ नवीन सुवेदीले गत भदौ २८ गतेबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
रिजालको सानिमासंगको सम्झौंता गत मंगलबार सकिएको थियो । सुरुमा उनलाई त्यहां सिईओ नै बनाउने चर्चा थियो । रिजालले आफुले वसन्तपन्चमीदेखि नयां कम्पनीमा काम थाल्ने जानकारी दिइन् ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेकी रिजालसंग बैंकिङ र बीमा क्षेमा २ दशक काम गरेको अनुभव छ । उनले २०५७ सालमा एभरेष्ट इन्स्योरेन्समा अफिसरको रुपमा काम गरेकी थिईन ।
रिजालले कुमारी बैंकको सिनियर व्यवस्थापनमा रहेर लामो समय काम गरेकी थिईन । ११ वर्ष कुमारी बैंकमा काम गरेपछि उनि सानिमा इन्स्योरेन्समा फर्केकी थिईन । जहां उनलाई उप-महाप्रबन्धक बनाइएको थियो ।
जीआईसी र सानिमा मर्ज भएर बनेको सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीमा समेत उनलाई त्यही जिम्मेवारी दिइएको थियो । काठमाण्डौंमा जन्मेकी रिजालको परिवार विभिन्न व्यवसायमा संलग्न छ ।




प्रतिक्रिया