काठमाण्डु- ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा सुमो जीप दुर्घटना हुँदा आमाछोरासहित ३ जनाको मृत्यु भएको छ ।
ना १ ज ६४२१ नम्बरको सुमो खोटाङको कोपिलासगढी गाउँपालिकाबाट उपचारका लागि बिरामी लिएर काठमाडौं जाँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले बताए ।
दुर्घटनामा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पूजन गुरुङ र ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताए ।
‘माया र पूजन आमाछोरा भएको खुलेको छ,’ कार्कीले भने, ‘तारा भने मायाको बहिनी भन्ने सुन्नमा आएको छ । हामी बुझ्दै छौं ।’ चालक सुनसरीको इनरुवाका अनिल पण्डित फरार रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया