काठमाण्डु – नेकपा एकीकृत समाजवादीले अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको पार्टी सचिवालय बैठकले सरकारले ल्याएको अध्यादेशको विरुद्धमा उत्रिने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।
‘सरकारले अध्यादेशको नाममा देश लुट्न खोजेको छ । हामी अध्यादेशको विरोधमा उत्रिन्छौं । हेर्न चाहिँ अध्यादेशजस्तो बनाइएको छ तर देश लुट्न खोजेको छ,’ उनले भने ।
सरकारले जंगल र निकुञ्जको जग्गा व्यक्तिलाई बाँड्ने षड्यन्त्र गरेर अध्यादेश ल्याएको उनले आरोप लगाए । ‘सरकार मुठ्ठीभर व्यापारीका लागि लागिपरेको छ । महंगी बढाएर जनताको ढाड सेक्ने काम गरेको छ । जंगलका जग्गा जमिन उद्योगलाई दिने खेल भइरहेको छ,’ उनले भने । उनले सिमेन्टको उदाहरण दिँदै सरकारले ५०० पर्ने सिमेन्टको मूल्य ८५० बनाएको आरोप लगाएका छन् ।




प्रतिक्रिया