काठमाण्डु – आम जनता पार्टी (आजपा) अध्यक्ष एवं प्रतिनिधिसभा सांसद प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतले अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।
अदालतका न्यायाधीशलाई ‘झोले कार्यकर्ता’ भन्दै अभिव्यक्ति दिएपछि दायर मुद्दामा आईतबार जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको छ ।
साहले न्यायाधीशविरुद्ध सामाजिक सञ्जाल फेसबूकमा लेखेपछि प्रदीपकुमार यादवले साहविरुद्ध मुद्दा दर्ता गराएका थिए । साहले फेसबूकमा न्यायाधीशलाई दलको झोले कार्यकर्ता भएको आरोप लगाएका थिए ।
उनले लेखेका थिए, ‘नेताहरूको झोले न्यायाधीशले रौतहट बदनाम एवं अस्तव्यस्त भयो । बेइमान एवं अयोग्य न्यायाधीशहरूलाई छानबिनको दायरामा ल्याउन म सम्मानीय प्रधानन्यायाधीशज्यूको विशेष ध्यानाकर्षण गराउँछु ।’




प्रतिक्रिया