बुढासुब्बा गोल्डकपको दोस्रो सेमिफाइनलमा एनआरटी र यूके एफसी खेल्दै

बुढासुब्बा गोल्डकपको दोस्रो सेमिफाइनलमा एनआरटी र यूके एफसी खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- २५औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा बिहीबार न्युरोड टिम (एनआरटी) क्लब र भारतको यूके एफसी खेल्दैछन् ।

झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी)लाई हराउँदै एनआरटी सेमिफाइनलमा पुगेको हो भने यूके एफसीले आयोजक धरान फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा भुटानको आरटीसी क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

प्रतियोगिताको फाइनल खेल शनिवार माघ २६ गते हुनेछ । बुढासुब्बा गोल्डकपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।