काठमाण्डु- प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बिहीबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।
प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेमार्फत नबोल्न सभामुखले बोलाएको बैठकमा आग्रह गरेका थिए। तर पाण्डेले तिन दिनअघि नै समय लिइएको भन्दै अध्यक्ष दाहाल बोल्ने कुरामा अडान कायमै राखेको जानकारी गराएका थिए। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले घोचपेच गरेर बोलेका कुरालाई अध्यक्ष दाहालले काउन्टर भाषण गर्ने माओवादी केन्द्रका सांसदको दाबी छ।
सरकारले ल्याएको अध्यादेशको प्रतिपक्षी दलहरूले एकजुट भएर चर्को विरोध गर्दै आएका छन्।




प्रतिक्रिया