भीम रावलले धनगढीमा जागरण भेला गर्ने

भीम रावलले धनगढीमा जागरण भेला गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- एमालेबाट निष्कासित भएपछि मातृभूमि जागरण अभियान चलाइरहेका नेता भीम रावलले शनिबार धनगढीमा जागरण भेला गर्ने भएका छन् ।

धनगढीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेता रावलले कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला आयोजना गर्न लागेको जानकारी दिए ।

उनले मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रूपमा निर्माण गरिने पनि बताए ।

‘कैलाली र कञ्चनपुरको जागरण भेला शनिबार गर्दैर्छौं । भेलामा जुनसुकै दलमा आबद्ध रहेका देशभक्त नागरिकहरूलाई उपस्थितिको लागि हार्दिक आह्वान गर्दछु’, उनले भने ।

यसैबिच नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध गरे । प्रधानमन्त्री ओलीलाई फेरि निरङ्कुश र स्वेच्छाचारी नेतृत्वको आरोप लगाउँदै उनले संसद् छलेर ल्याएको अध्यादेशको काम समेत नभएको जिकिर गरे ।

उनले स्थिर सरकार र संविधान संशोधनको लागि कांग्रेस र एमाले मिलेको भनी ती दलहरूले जनतासँग झुटो बोलेको समेत टिप्पणी गरेका छन् ।