घट्यो नेप्से, बढ्यो कारोबार

घट्यो नेप्से, बढ्यो कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बिहिबार नेप्से परिसूचक ११.६४ अंक घटेर २६९९.८१ विन्दुमा ओर्लिएको छ । मंगलबार र बुधबार घटेको नेप्से आज पनि घटेको हो ।

आज नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स १.५६, फ्लोट इण्डेक्स ०.७९ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेका छन् ।

नेप्से घटे पनि आज कारोबार रकम बढेको छ। बुधबार ८ अर्ब ९५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ९२ हजार ३२६ पटकको कारोबारमा ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार रुपैयाँबराबरको १ करोड ८६ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहिबार अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । कम्पनीको शेयरमूल्य यस दिन ५७ रुपैयाँ ३० पैसा बढेर ६३० रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भयो । आज उपकार लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट लाग्यो ।

कारोबार रकमका आधारमा साहस उर्जा शीर्ष स्थानमा रह्यो । कम्पनीको यस दिन ३१ करोड ३५ लाख रुपैयाँबराबरको शेयर कारोबार भयो ।

१३ उपसमूहमध्ये आज वित्त उपसमूहबाहेकका उपसमूहको परिसूचक घट्यो ।