ग्लोबल आईएमई बैंकले फोटो पत्रकार समूहका सदस्यलाई क्यामरा खरिद गर्न कर्जा दिने

ग्लोबल आईएमई बैंकले फोटो पत्रकार समूहका सदस्यलाई क्यामरा खरिद गर्न कर्जा दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का सदस्यहरूलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ ।

सम्झौतामा बैंकका हेड ट्रान्जेक्सन बैंकिङ विभागका प्रमुख प्रकाश पौडेल र एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

बैंकले क्यामरा खरिदको लागि २ लाखदेखि ५ लाखसम्म विना धितो कर्जा प्रवाह गर्ने समझदारी भएको छ । बैकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न ६ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दी सुविधासहित कर्जा उपलब्ध गराउने छ ।

कर्जाको लागि फोटो पत्रकारहरूले आवश्यक कागजातहरू र आवेदन फारामसहित एनएफपीजेको सिफारिसमा कर्जाका लागि बैंकमा सम्पर्क गर्नुपर्नेछ । ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका २ विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।