अध्यक्ष यादवको सचिवालयले भन्यो – अध्यादेशको अध्ययन हुँदैछ

अध्यक्ष यादवको सचिवालयले भन्यो – अध्यादेशको अध्ययन हुँदैछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले अध्यादेशलाई पार्टीका सांसदहरूले अध्ययन गरिरहेको जनाएको छ ।

अध्यक्ष उपेन्द्र यादवको सचिवालयका तर्फबाट निजी सचिव महेश चौरसियाले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीले गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदनमा थप अध्ययन गरी अर्को बैठकबाट निर्णय लिने जानकारी दिए ।

सरकारले ल्याएका अध्यादेशबारे अध्ययन गर्न जसपा नेपालले राजकिशोर यादव नेतृत्वमा कार्यदल बनाएकोमा कार्यदलले अध्यक्ष यादवलाई प्रतिवेदन बुझाएको छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘प्रतिनिधि सभा र राष्ट्रिय सभामा अध्यादेश पेश नगरी कार्यसूचीबाटै हटाएको अवस्थामा जसपा नेपालले अध्यादेशबारे कुनै औपचारिक निर्णय आज नलिई प्रतिवेदनउपर थप अध्ययन र छलफल गरी संसदीय दलको अर्को बैठकमा देश र राष्ट्रहित हुने गरी ठोस निर्णय लिने जानकारी गराउँदछौं ।’

अध्यक्ष यादवबारे अतिरञ्जित, मनगढन्ते र प्रायोजित ढंगले आइरहेका समाचार र सूचना गलत रहेको विज्ञप्तिमा उल्लेख छ ।