जसपा नेपालको प्रचार विभाग प्रमुखको जिम्मेवारी बस्नेतलाई

जसपा नेपालको प्रचार विभाग प्रमुखको जिम्मेवारी बस्नेतलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पूर्ण बस्नेतले पाएका छन् ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय प्रचार विभागको जिम्मेवारी बस्नेतलाई दिएको छ । बस्नेत यसअघि पनि प्रचार विभाग प्रमुख थिए ।

जसपा नेपालले संगठन विभागको प्रमुखमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतलाई तोकेको छ । पार्टी स्कूल तथा प्रशिक्षण विभागमा सुरेशकुमार मण्डल र अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा अर्जुन थापा चयन भएका छन् ।

महिला विभागमा प्रमीला कुमारी, स्वास्थ्य तथा जनसंख्या विभागमा सुरेन्द्रकुमार यादव, सामाजिक सेवा विभागमा विनिता यादवलाई प्रमुख तोकिएको छ ।

पार्टीको कृषि तथा भूमि व्यवस्था विभागमा सञ्जय सिंह, वन वातावरण तथा विपद् व्यवस्थापन विभागमा चन्देश्वर पासवान, सहकारी तथा गरीबी निवारण विभागमा उदयकान्त मिश्र, बौद्धिक पेशाकर्मी तथा ट्रेड युनियन विभागमा हेमचन्द्र महतो, शिक्षा विभागमा योगेन्द्र यादव र उद्योग वाणिज्य तथा आपूर्ति विभागमा लक्ष्मण गुरुङलाई प्रमुख बनाइएको छ ।

जसपा नेपालले १३ वटा केन्द्रीय विभागमा प्रमुख र उपप्रमुखको चयन गरेको छ ।