गृहमन्त्री लेखकद्वारा प्रतिनिधि सभामा ३ वटा विधेयक पेश

गृहमन्त्री लेखकद्वारा प्रतिनिधि सभामा ३ वटा विधेयक पेश


काठमाण्डु – गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा बैठकमा ३ वटा विधेयक पेश गरेका छन् ।

गृहमन्त्री लेखकले ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१’, ‘नेपाल प्रहरी विधेयक २०८१’ र ‘शसस्त्र प्रहरी बल नेपाल विधेयक २०८१’ बैठकमा पेश गरेका हुन् ।

नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप व्यवस्थित बनाउन र नागरिकता प्रदान गर्ने विषयमा अदालतबाट विभिन्न समयमा भएका आदेश सहितको विषयलाई सम्बोधन गरी ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१’ संसद्मा पेश भएको छ ।

‘नेपाल प्रहरी विधेयक २०८१’ले प्रहरी ऐन २०१२ मा व्यवस्था भएका कानूनी प्रावधानहरूलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरेको छ ।

‘शसस्त्र प्रहरी बल नेपाल विधेयक २०८१’ ले पनि सशस्त्र प्रहरी ऐन २०५८ मा व्यवस्था भएका कानूनी प्रावधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरेको छ ।