काठमाण्डु– बुधबार नेप्से परिसूचक १.८६ अंकले बढेको छ । नेप्से बढ्दा परिसुचक २६८५ बिन्दुमा पुगेर रोकियो । आज १ करोड ५५ लाख कित्ता सेयर बिक्री हुदन ८ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ ।
यसदिन १३४ वटा सेयरको मूल्य बढ्दा ९९ वटाको घटेको र ११ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३९ करोडको कारोबार हुँदा सीएचडीसीको ३७ करोड, रिभर फल्सको ३१ करोड, ङादी पावरको ३० करोड र सप्तकोशी डेभलपमेन्ट बैंकको २० करोडको कारोबार भएको छ।
बुधबार गार्डियन माइक्रो लाइफको ९.९९ प्रतिशत, रिभर फल्स ८.०२ प्रतिशत, ङादी पावर ७.५९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंक ७.४६ प्रतिशत र सिन्धु विकास बैंक ७.०८ प्रतिशतले मूल्य बढेको छ।
आज उपकार लघुवित्त र सुपर मादी हाइड्रोको सेयर १० प्रतिशतले घटेको छ ।




प्रतिक्रिया