काठमाण्डु– सरकारले राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मासहित ३ सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको हो ।
अर्थ सचिव डा.रामप्रसाद घिमिरे राष्ट्रपति कार्यालयमा पुगेका छन् । यस्तै अख्तियारका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिइएको छ ।
बैठकले विभिन्न निकायमा कार्यरत १७ जना सहसचिवको सरुवा गरेको छ ।
यस्तै बैठकले सजाय, माफी, मुलतवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१ खारेज गरेको छ भने बीमा नियमावली, २०८१ स्वीकृत गरेको छ भने बिमा नियमाबली २०८१ पनि स्वृकित गर्ने निर्णय गरेको छ ।






प्रतिक्रिया