२६७८ अंकमा झर्यो सेयर बजार, ४ कम्पनीको मूल्यमा सकारात्मक ‘सर्किट’

२६७८ अंकमा झर्यो सेयर बजार, ४ कम्पनीको मूल्यमा सकारात्मक ‘सर्किट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–साताको कारोबारको अन्तिम दिन सेयर बजार ओरालो लागेर बन्द भएको छ । यस दिन नेप्से ७ अंकले घट्दा परिसुचक २६७८ बिन्दुमा पुगेर रोकियो ।

आज १ करोड ५८ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९२ करोडको कारोबार भएको छ ।

कारोबारमा आएका १६२ कम्पनीको सेयर ओरालो लागेको छ भने ७६ कम्पनीको सेयर बढेको छ । यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

कारोबारका आधारमा आज एनआरएन इन्फ्राइन्सटक्चरले सर्वाधिक ३४ करोडको कारोबार गर्यो । यसदिन कुमारी सवल योजना र मातृभुमी लघुबित्तको सेयर १० प्रतिशतले बढ्यो भने गार्डियन माइक्रोलाइफ र पोखरा फाइनान्सको क्रमस ९.९९ र ९.९८ प्रतिशतले बढ्यो ।

यसदिन न्यादि हाइड्रोको सेयर १० प्रतिशतले घट्यो । आज इन्भेस्टमेन्ट, माइक्रो फाइनान्स र फाइनान्स सुचक बाहेक सबै सुचक ओरालो लागेका छन् ।