१ लाख ७० हजार नाघ्यो सुनको भाउ

१ लाख ७० हजार नाघ्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शुक्रवार नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ ४०० रुपैयाँले बढेको हो ।

हिजो १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ ५ रुपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९६५ रुपैयाँ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।