आज ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा २७ सय रुपैयाँले घटेको हो ।

शुक्रबार १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । शुक्रवार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।