काठमाण्डु– पियोर इनर्जी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।
कम्पनीले १६ लाख कित्ता शेयर निष्कासन गर्नेछ । यसबाट पियोर इनर्जी लिमिटेडले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर बजारमा ल्याउनेछ।
वर्तमानमा कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ, जसको ८० प्रतिशत संस्थापकको स्वामित्वमा छ। अब कम्पनीले २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो।
कम्पनीको आईपीओ निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ बिक्री प्रबन्धकको रूपमा कार्य गर्दैछ।
यस्तै जीआई सोलारले आइपीओ ल्याउन अनुमति मागेको छ। नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै कम्पनीले १३ करोड ६३ लाख ३६ हजार रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति मागेको हो।
धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६३ हजार ३६० रुपैयाँ बराबरको आइपीओ ल्याउनेछ।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट रहेको छ।




प्रतिक्रिया