१२ सय रुपैयाँले बढ्यो सुनको भाउ

१२ सय रुपैयाँले बढ्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको हो ।

आइतबार १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ १५ रुपैयाँले बढेको छ ।हिजो १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।