काठमाण्डु–नेपाल बीमा प्राधिकरणले सञ्चालक समितिको अध्यक्षमा आवेदन दिने मध्ये ५ जनाको नाम सार्वजनिक गरेको छ।
प्राधिकरणले ५ जनाको सर्टलिष्ट (संक्षिप्त सूची) नाम सार्वजनिक गर्दै अन्तर्वार्ताका लागि बोलाएको हो ।
संक्षिप्त सूचीमा समावेश हुनेमा कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन् ।
उनीहरूलाई फागुन १० गते दिनको २ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको लागि बोलाइएको छ ।





प्रतिक्रिया