काठमाण्डु– सोमबार सेयर बजारमा हरियाली छाएको छ । यस दिन नेप्से ३० अंकले बढ्दा परिसुचक २७२४ बिन्दुमा पुगेर रोकियो ।
आज १ करोड ८० लाख कित्ता सेयर किनबेच हुँदा १० अर्बको कारोबार भएको छ ।
कारोबारमा आएका १६६ कम्पनीको सेयर उकालो लागेको छ भने ७४ कम्पनीको सेयर घटेको छ । यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
कारोबारका आधारमा आज नेपाल रि इन्सुरेन्स कम्पनी, सीइडीबी होल्डीङ, एनआरएन इन्फ्राइन्सटक्चरले सर्वाधिक (३२,२७,२६ करोड)को कारोबार गर्यो ।
यसदि ह्विन नेपाल लघुबित्त (१० प्रतिशत) , गुँरास लघुबित्त (१० प्रतिशत) कुथेली ब्ुलाकी स्मल हाइड्रो (१० प्रतिशत) , गार्डियन माइक्रोलाइफ (१० प्रतिशत), दिव्यश्वरी हाइड्रो (१० प्रतिशत) एक्सेल डेव्लपमेन्ट (१० प्रतिशत) र ग्लोवल आइएमी ब्यालेन्स फण्ड (९.४९ प्रतिशत) र भूगोल इनर्जी डेव्लपमेन्ट (९.४५) को सेयरमा सकारात्मक सर्किट लाग्यो ।
यस्तै आज सप्तकोसी डेव्लपमेन्टको सेयर मूल्य १० प्रतिशतले घट्यो ।
आज फाइनान्स, हाइड्रोपावर, ट्रेन्डीङ सुचक घटेका छन् भने म्युचल फण्ड, निर्जीवन बीमा, बैंकिङ, विकासबैंक,, लगानी, होटल एण्ड पर्यटन, इन्स्युरेन्स, निमार्ण , माइक्रो फाइनान्स, लगायतका सबै सुचक घटेका छन् ।




प्रतिक्रिया