खाल्डोमा डुबेर २ जनाको मृत्यु

खाल्डोमा डुबेर २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – खाल्डोमा डुबेर चितवन र कैलालीमा २ जनाको मृत्यु भएको छ ।

चितवनको माडी नगरपालिका–४ खैरहनी बस्ने सलिना न्यौपानेकी छोरी ३ वर्षीया मनिषा न्यौपानेको घर नजिकै रहेको पानीको खाल्डोमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

डुबेर अशक्त भएकी उनको स्थानीय बघौडा अस्पताल माडीमा उपचारको क्रममा मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका–१ बस्ने प्रेम विकका छोरा ३ वर्षीय पियुस विकको घरनजिकै रहेको पानीको खाल्डोमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ ।