अपर मेवा खोला जलविद्युत परियोजनाको काम अघि बढ्यो, तीन वर्षभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य

अपर मेवा खोला जलविद्युत परियोजनाको काम अघि बढ्यो, तीन वर्षभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  ताप्लेजुङमा बन्न लागेको अपर मेवा खोला जलविद्युत परियोजनाको काम अघि बढेको छ । कांग जलविद्युत कम्पनी लिमिटेडले बनाउन लागेको १७.८५ मेगावाटको कार्यालयको बुधवार कोटेश्वरमा नेपाली सेनाका पूर्वरथी फत्तेबहादुर लिम्बुले उदघाटन गरे ।

कार्यक्रममा कम्पनीका पदाधिकारी र लगानीकर्ताहरुको उपस्थिती थियो । उक्त कार्यक्रममा कम्पनीका परामर्शदाता समयाक इन्जिनियरिङका प्रतिनिधी सुरज श्रेष्ठले परियोजनाको बारेमा प्रस्तुतिकरण दिएका थिए ।

कांग जलविद्युत कम्पनी लिमिटेडका अध्यक्ष जय बहादुर लिम्बुले परियोजना समयमै सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे । उनले परियोजनामा धेरै स्थानियको लगानी भएको, आकर्षण परियोजना भएको र यसले भविष्यमा राम्रो प्रतिफल दिने भन्दै लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरे ।

लिम्बु ईङवा जलविद्युत परियोजनाका संस्थापक हुन । उनकै नेतृत्वमा ताप्लेजुङमै ९.७ मेगावाट क्षमताको जलविद्युत परियोजना सम्पन्न भइसकेको छ । कम्पनीमा एमडी रहेका इन्जिनियर गणेश सुब्बाको समेत जलविद्युत क्षेत्रमा लामो अनुभव छ । उनले २२.२ मेगावाटको हेवा खोला र फेमे खोला स्मल जलविद्युत परियोजनाको प्रोजेक्ट म्यानेजर भएर काम गरिसकेका छन् ।

अपर मेवा खोला जलविद्युत परियोजनाको पिपिए १५ सेप्टेम्बर २०२४ मै सम्पन्न भइसकेको छ । अहिले लगानीका जुटाउनको लागि कम्पनीले एनएमबी बैंकसंग छलफल गरिरहेको छ ।

परियोजना ३ वर्षभित्र सम्पन्न गर्ने र लागत प्रति मेगावाट २० करोड हुने कम्पनीका अध्यक्ष लिम्बुले बताए । कार्यक्रममा गैरआवासीय नेपाली लगानीकर्ताहरुको उपस्थिती थियो । साथै विभिन्न क्षेत्रबाट आएका लगानीकर्ताहरुले परियोजनामा लगानी गर्ने प्रतिवद्धता जनाएका थिए ।