‘नो केबलकार’ समूहलाई सरकारले फेरि वार्तामा बोलायो

‘नो केबलकार’ समूहलाई सरकारले फेरि वार्तामा बोलायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आन्दोलनरत समूहलाई पुनः वार्तामा बोलाएको छ ।गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले विज्ञप्ति निकाल्दै पुनः वार्तामा आउन आव्हान गरेका हुन् ।

भट्टराई सरकारी वार्ता टोलीका संयोजकसमेत रहेका छन् । उनले विज्ञप्तिमार्फत आन्दोलनरत् समूहलाई संवादमा आएर समाधान खोज्न आग्रह गरेका छन् ।

सरकारले भट्टराईको संयोजकत्वमा गत माघ २० गते वार्ता टोली गठन गरेको थियो । दुई पक्षबीच पटक पटक बार्ता भएपनि सहमति जुट्न सकेको थिएन ।

पाथीभरामा केबलकार बनाउने कि नबनाउने विषयमा उत्पन्न तवाव झनै चर्किदैँ गएको छ । विवाद साम्य पार्न सरकार र ‘नो केबलकार’ पक्षबीच भएको वार्ता र सहमति निष्कर्षमा नपुग्दा त्यहाँ फेरि बिहीबार झडप भएको छ ।

ताप्लेजुङमा पाथीभरा क्षेत्रमा केबलकार बनाउने कि नबनाउने भन्ने विवादमा बिहीबार झडप हुँदा १३ जना घाइते भएका थिए ।

बिहीबार भएको झडपपछि यातायात व्यवसायीले बन्दको घोषणा समेत गरेका थिए । ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले शुक्रबार राति १२ बजेदेखि यातायात बन्दको घोषणा गरेका हुन् । आज मेची राजमार्ग, तमोर कोरिडोर र धरान–वसन्तपुर–गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सबै नाका तथा जिल्लाका अन्य शाखा सडकमा यातायात ठप्प भएपछि आन्दोलनर्रत समूहलाई पुनः वार्तामा बोलाएको हो ।