काठमाण्डु – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी तथा प्रथम महिला राधिका शाक्यको पुस्तक ‘करुणा’ शनिबार लोकार्पण गरिएको छ ।
औपचारिक समारोहबीच पुस्तक लोकार्पण गरिएको छ । पुस्तक लोकार्पण गर्दै प्रथम महिला शाक्यले गरीब–दुःखीहरूका विषय पुस्तकमा समेटिएको जानकारी गराइन् ।
उनले बालापनदेखि बिहेसम्मका कुराहरू पुस्तका समेटिएको बताइन् । शाक्यले भनिन्, ‘म सानैदेखि गरीब–दुःखीहरूलाई देख्न नसक्ने खालको मान्छे थिएँ, यसै विषयलाई समेटेर मैले यो पुस्तक लेखेको हो । यसमा बालापनसँगै बिहेसम्मका कुराहरू समेटिएका छन् । मैले आफ्नो ठाउँमा बसेर थोरै भए पनि सामाजिक कामहरू गरिरहेको छु ।’
भक्तपुर बालकोटको आफ्नो घरलाई धेरैजसोले दरबार भन्ने गरेकोमा उनले दुःखेसो पोखिन् । ‘बालकोटको घर कसरी बन्यो भनेर प्रश्न गर्नुहुन्छ भने त्यसको म १/१ हिसाब बुझाउन तयार छु,’ उनले भनिन्, ‘आफ्नै पसिना, मेहनतले घर बनाएको हो ।’
उनले थपिन्, ‘मैले ३३ वर्ष राष्ट्र बैंकमा काम गर्ने मौका पाएँ । मलाई बस्ने घर त्यहीँ संस्थाले दिएको छ, जसोतसो बस्ने घर हामीले बनाएका हौं । हामी कति वर्ष डेरामा बस्यौं, त्यो किताबमा छ । बालकोटको घर कसरी बन्यो भनेर प्रश्न गर्नुहुन्छ । त्यसको म १/ हिसाब बुझाउन तयार छु । दुई पैसा कहीँकतैबाट केही गरेर लिएका छैनौं । आफ्नै पसिना, मेहनतले घर बनाएका हौं । यसमा भ्रष्ट्राचार गरेर बनाएको बालकोट दरबार भन्न मिल्दैन’, शाक्यले भनिन् ।




प्रतिक्रिया