सिरहामा धानको बोरामा लुकाएको पेस्तोलसहित दुई पक्राउ

सिरहामा धानको बोरामा लुकाएको पेस्तोलसहित दुई पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – धानको बोरामा लुकाई छिपाई राखेको पेस्तोलसहित दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा जिल्ला लहान नगरपालिका वडा नं. ५ बस्ने २६ वर्षिय रामचन्द्र पासवान र लहान नगरपालिका वडा नं. ४ बस्ने २४ वर्षीय रंजित यादव रहेका छन्।

लहान नगरपालिका(४ स्थित कृष्णप्रसाद यादवको घरमा हतियार लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरीले टोलीले उनीहरूलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

प्रहरी नायव उपरीक्षक राजेश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा घरको छतमाथि धानको बोरामा लुकाई राखेको कटुवा पेस्तोल २ थान र केएफ ८ एमएम लेखिएको थ्री नट थ्रीको मिस राउण्ड गोली १ थानसहित पक्राउ गरेको हो। पक्राउ परेका दुवैमाथि अनुसन्धान भइरेहको छ।