काठमाण्डु – सर्लाहीको चक्रघट्ट गाउँपालिका–२ बेल्हीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सोमबार बीआर ३० प १७०३ नम्बरको स्कारपियो दुर्घटना हुँदा घाइते भएका चालक ४० वर्षीय अमितकुमार अधिकारीको काठमाण्डुस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको छ ।
बेल्ही निवासी अधिकारीको प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपछि ट्रमा सेन्टर पठाइएको थियो ।
सेन्टरमा उपचारकै क्रममा उनको मृत्यु भएको आफन्तलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सरोज राईले बताए ।




प्रतिक्रिया