काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पुर्वानुमान गरेकाे छ । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । धेरै भूभागमा भने मौसम बदलीदेखि सामान्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा छ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । ।




प्रतिक्रिया