पोखराबाट काठमाण्डुका लागि उडे पूर्वराजा ज्ञानेन्द्र

पोखराबाट काठमाण्डुका लागि उडे पूर्वराजा ज्ञानेन्द्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाह जहाजमा पोखराबाट काठमाण्डुका लागि उडेका छन् ।

लामो समय पोखरामा बसेका उनी आईतबार दिउँसो काठमाण्डु प्रस्थान गरेका हुन् ।

काठमाण्डुको त्रिभुवन विमानस्थलमा पूर्वराजाको स्वागत गर्न सयौं व्यक्ति विमानस्थलबाहिर भेला भएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रको स्वागतलाई भव्य बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले योजनाबद्ध तयारी गरिरहेको थियो ।

प्रदर्शनलाई हेरेर सरकारले सुरक्षा व्यवस्था पनि कडा गरेको छ ।