ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु

ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी – ट्रयाक्टरको ठक्करबाट महोत्तरीमा १ बालकको मृत्यु भएको छ ।

भँगाहा नगरपालिका–६ मजरास्थित बौद्दीमाई उघोग (इँट्टा भट्टा)मा अन टेस्ट लेखिएको ट्रयाक्टरको ठक्करबाट इँट्टाभट्टामा काम गर्ने रौतहट घर भएका राजन माझीको छोरा १ वर्षीय सन्दिप माझीको आईतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले हाल फरार ट्रयाक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।