काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा प्रदर्शन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई काठमाण्डु महानगरपालिकाले जरिवाना गरेको छ ।
आईतबारको प्रदर्शनका क्रममा महानगर क्षेत्र फोहोर भएको र भौतिक क्षति भएको भन्दै महानगरले राप्रपालाई १ लाख जरिवाना गरेको छ ।
महानगरले राप्रपालाई पठाएको पत्रमा उल्लेख छ, ‘प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते तहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरूबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडक पेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरू साथै रेलिङमा भौतिक क्षति र जथाभावी रूपमा फोहोरमैला समेत गरी वातावरण प्रदुषण गरेकोले तपाईंलाई फोहरमैला व्यवस्थापन ऐन २०६८, काठमाण्डु महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाण्डु महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम रु. १००,०००/०० (अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।’





प्रतिक्रिया