ज्ञानेन्द्र शाहीलाई विष्णु रिमालको जवाफ : दलालीको पोल खुलेपछि ‘खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन्

ज्ञानेन्द्र शाहीलाई विष्णु रिमालको जवाफ : दलालीको पोल खुलेपछि ‘खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु -नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राप्रपा सचेतक ज्ञानेन्द्र शाहीलाई दलालको संज्ञा दिएका छन् ।

राप्रपा सांसद शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा उपमहासचिवले राख्न लगाएको आरोपको खण्डन गर्दै रिमालले दलालको संज्ञा दिएका हुन् ।

उनले ‘मलाई यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन’ भनेर लेखेका छन्।

उनले लेखेका छन् काँक्रा चोरहरू
काँक्रा चोर्छन्, खान्छन्,
पोल खुल्ने डरमा
हत्तपत्त अर्काको गालामा बियाँ टाँसी
कुलेलम ठोक्छन् !
दलालहरू-
पहिले दलाली गर्छन्
दलालीको पोल खुलेपछि
खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन् !

डिसइन्फरमेसनको सहारामा मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट भ्रम फैलाएको र शाहीले भ्रमको खेती गर्दै आएका पनि रिमालले आरोप लगाएका छन्। उनले लेखेका छन्- यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५:५ चोटी इडिट गरेको हिस्ट्रीले आफैँ बताउँछ ।’