बुटवलबाट रविले भने- मेरो बोल्ने समय निकै नजिक आइसक्यो, विशेष सम्बोधनसहित आउँछु !

बुटवलबाट रविले भने- मेरो बोल्ने समय निकै नजिक आइसक्यो, विशेष सम्बोधनसहित आउँछु !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केहि समयपछि विशेष सम्बोधनसहित आउने बताएका छन् ।

सोमबार उच्च अदालत तुलसीपुर बुटवलमा जिल्ला अदालतले मागेको धरौटी खारेजको निवेदन दर्ता गरेर बाहिरिएका लामिछानेले सञ्चारकर्मीहरूसँग आफ्ना कुरा राख्न सहि समय कुरिरहेको बताएका हुन् ।

उनले भने- ‘तपाईंहरूलाई थाहै छ त म बोल्ने नै मान्छे हुँ, मेरो बोल्ने समय निकै नजिक आउँदैछ, प्रतीक्षा गर्नुहोला, छोटो प्रतीक्षापछि विशेष सम्बोधनसहित आउँदैछु।’

सुप्रिम सहकारी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गर्न आदेश गरेको थियो । सोहि धरौटी खारेजी र साधारण तारेखमा छाड्न माग गर्दै रवि उच्च अदालत पुगेका थिए ।