काठमाण्डु – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ ८ बजे बैठक सुरु भएको हो ।
बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको स्पष्टीकरण पेश हुने जनाइएको छ । मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफ घिसिङले आइतबार बुझाएका थिए ।
सरकारले उनको स्पष्टीकरण अध्ययन गरेर निर्णय लिनेछ ।




प्रतिक्रिया