पञ्चायतकालीन राष्ट्रिय गान गाउनु संविधानविरोधी क्रियाकलाप भएको एमालेको भनाइ

पञ्चायतकालीन राष्ट्रिय गान गाउनु संविधानविरोधी क्रियाकलाप भएको एमालेको भनाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले पूर्वराजाको उक्साहटमा संविधानविपरीतका गतिविधि भइरहेको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहट र निर्देशनमा संविधानविरोधी र राष्ट्रिय हितप्रतिकूलका गतिविधि भइरहेको र यसलाई रोक्नु पर्ने  बताएका हुन् ।

उनले भने ‘संविधानको धारा १ मा संविधानको पालना गर्नु सबैको कर्तव्य भनिएको छ। संविधानविपरीत गरिने सबै कार्य दण्डनीय हुने व्यवस्था छ तर पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रको नाममा, निर्देशन र उक्साहटमा संविधानविरीतका काम भइरहेका छन्। पञ्चायतकालीन राष्ट्रिय गान गाउनु संविधानविरोधी क्रियाकलाप भइरहेका छन्’, उनले थपे, ‘यति मात्र होइन, र्‍यालीहरूमा विदेशीको तस्बीर देखियो। यो राष्ट्रियहित प्रतिकूलको कार्य हो। यसलाई सरकारले गम्भीरताका साथ लिनुपर्ने हुन्छ। लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, निरंशुकतन्त्र हुन सक्दैन।’