काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुधबार म्यानमार प्रस्थान गरेका छन् ।
म्यानमार न्यारेटिभ थिङ् ट्यांकको निमन्त्रणामा ‘फोरम अन म्यानमार वियोण्ड–२०२५ च्यालेन्ज एण्ड अपुर्चुनिटीज इन द मल्टिपोलर वल्र्ड’ कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल बुधबार प्रस्थान गरेका हुन् ।
करीब १ हप्ताको भ्रमण अवधिमा उनले विभिन्न नेताहरूसँग भेटघाट साथै द्विपक्षीय हितका विषयमा छलफल गर्नेछन् ।
अध्यक्ष नेपाल म्यानमार गएसँगै पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई प्रदान गरिएको छ ।




प्रतिक्रिया