गोरुमाथि क्रुर व्यवहार, जिउँदै फिला काटेर मासु चोरी

गोरुमाथि क्रुर व्यवहार, जिउँदै फिला काटेर मासु चोरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इलामको सूर्योदय नगरपालिका–६, कन्याममा जिउँदै गोरुको फिला काटेर मासु चोरी भएको छ ।

स्थानीयका अनुसार स्थानीय राम राईको गोरुको एकातर्फको पूरै फिलाको मासु निकालेर हड्डीसम्म खुर्किएको छ । गोरुको शरीरबाट करिब चार किलो मासु निकालिएको छ ।

यसअघि पनि सोही गोरुको फिला काटिएको थियो र घरेलु उपचारपछि निको हुँदै थियो । तर, लामो समयपछि सुधार हुँदै गएको अवस्थामा पुनः गोरुलाई क्रूरतापूर्वक मासु काटेर छोडिएको छ ।

यस फटक भने बिहान गोठमा पुग्दा गोरु मृत अवस्थामा फेला परेको किसान राइले बताए । राईले यसअघि पनि एक हल गोरु गुमाइसकेको र अर्को कालो गोरुको पनि दुई पटकसम्म मासु काटिएको बताए ।

घटनापछि राईले स्थानीय जनप्रतिनिधि र प्रहरीलाई खबर गरे पनि ठोस कारबाही नभएको गुनासो गरेका छन् ।