काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाह गोरखनाथ मन्दिरको दर्शन गरेका छन् ।
पूर्वराजा शाह विभिन्न शक्तिपीठको दर्शन गर्ने क्रममा गोरखाकाली मन्दिर पुगेका हुन् । उनले गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गरेका हुन् ।
मन्दिर दर्शन गरेर बाहिरिने क्रममा उपस्थित स्थानीयले पूर्वराजालाई देश बचाउनको लागि आग्रह गरे ।
गत फागुन ६ गते प्रजातन्त्र दिवसका अवसरमा आफूलाई सहयोग गर्न भिडियो सन्देश जारी गरेका पूर्वराजा शाह त्यसपछि विभिन्न शक्ति पीठको दर्शन गर्न निस्किएका हुन् ।
एक महिना पोखरा बसाइपछि काठमाडौं फर्किएका उनलाई त्रिभुवन विमानस्थलमा राजावादीहरूले स्वागत गरेका थिए ।




प्रतिक्रिया