काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिने भएकी छन्।
आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकमा श्रेष्ठले राजीनामा दिने भएकी हुन् ।
आफूले उक्त जानकारी पाएकाे र दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा श्रेष्ठले राजीनामा दिने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए।
सुमनाले पार्टीको पदबाट राजीनामा दिने र आफू प्रतिनिधिसभाको जिम्मेवारीमै फर्कने प्रस्ताव गरेकी हुन् ।
उनले एक व्यक्ति एक पदको जिम्मेवारीलाई व्यवहारमा उतार्न चाहेको उल्लेख गर्दै पार्टीका कार्यवाहक सभापति डिपी अर्यालसँग प्रस्ताव पुर्याएकी बताइएको छ ।
श्रेष्ठले राजकीय तथा व्यवस्थापकीय जिम्मेवारीको पाटो एक किसिमको, अनि पार्टीको अभियानकारी जिम्मेवारी दोस्रो किसिमको भएको भन्दै यसमा अब भिन्नता ल्याउन सिक्नुपर्ने उल्लेख गरेकी छन् ।




प्रतिक्रिया