इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति पक्राउ

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्तिलाई प्रहरीको पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी दोलखाको गौरीशंकर गाउँपालिका–५ सुरी डाँडा टोल ठेगाना भएका बागसिं भन्ने रबिन तामाङ बिहीबार पक्राउ परेका छन् ।

साउदी अरबबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसीबी काठमाण्डुबाट खटिएको प्रहरी टोलीले उनलाई विमानस्थलबाट पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तरराष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय दोलखाबाट अनुरोध भएपश्चात एनसीबी काठमाण्डुको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अगस्ट २१ मा उनीविरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।