काठमाण्डु– कांग्रेस सांसद माया राईलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
राईलाई जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो।
यसअघि आइतबार अदालतले पहिलोपटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
राई कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा शनिबार बेलुका काठमाडौँको कपनस्थित निवासबाटै पक्राउ परेकी थिइन् ।




प्रतिक्रिया