हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ

हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाण्डु महानगरपालिका–२३ ओमबहाल बस्ने भारतको कलकत्ता घर भएका ६७ वर्षीय सुरज दत्त र चन्द्रागिरी नगरपालिका–१५ तिनथाना बस्ने रूपन्देहीको देवदह नगरपालिका घर भएका ६३ वर्षीय धर्म प्रसाद ढकाल रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डुबाट खटिएको प्रहरी टोलीले काठमाण्डु महानगरपालिका–२४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भूइँ तलाबाट उनीहरूलाई नगद ४० लाख ३२ हजार ५०० रूपैयाँ र चेक २१ थानसहित फेला पारी पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।