उपत्यका विकास प्राधिकरणका सब–इन्जिनियर पौड्यालविरुद्ध ३ करोड ६३ लाखको भ्रष्टाचार मुद्दा

उपत्यका विकास प्राधिकरणका सब–इन्जिनियर पौड्यालविरुद्ध ३ करोड ६३ लाखको भ्रष्टाचार मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डु उपत्यका विकास प्राधिकरण, दिव्येश्वरी जग्गा एकीकरण आयोजना,भक्तपुरका सव–इन्जिनियर कुमार पौड्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको हो ।

पौड्यालले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको र उक्त सम्पति आफ्नो श्रीमती विष्णु मैया पौड्यालका नाममा राखेको भन्दै आयोगले श्रीमतीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध ३ करोड ६३ लाख २१ हजार २०७ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको छ ।

पौड्यालले ९ वैशाख २०५१ देखि ३१ असार २०८० सम्मको अवधिमा उक्त अकुत रकम कमाएका हुन् ।

बैंक मैज्दात, अन्य सम्पत्ती ६ करोड ६३ लाखको रहेको र आम्दानीको स्रोत २ करोड ५८ लाख मात्र रहेको अख्तियारका प्र्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।