बैंककबाट लागूऔषध गाँजा ल्याएका भारतीय नागरिक काठमाण्डुमा पक्राउ

बैंककबाट लागूऔषध गाँजा ल्याएका भारतीय नागरिक काठमाण्डुमा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बैंककबाट लागूऔषध ल्याएका भारतीय नागरिक काठमाण्डुमा पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा करीब १० किलो १७० ग्रामसहित भारतीय नागरिक २५ वर्षीय अभ्युदय पाहुने पक्राउ परेका छन् ।

थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाण्डु आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट गाँजा फेला परेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट अवैध लागूऔषध खैरो हेरोइन करीब १२ ग्राम २५० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी महानगरपालिका–१ बस्ने भारतको उत्तर प्रदेश घर भएका ४१ वर्षीय पप्पु खान र २९ वर्षीय मुजमिल्ल अन्सारी छन् ।

वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।