आईपीएलको बाँकी खेलमा वैकल्पिक खेलाडी थप्न सकिने

आईपीएलको बाँकी खेलमा वैकल्पिक खेलाडी थप्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत र पाकिस्तानबीचको युद्धविरामपछि शनिबारदेखि आईपीएल क्रिकेटका बाँकी खेलहरू शुरू हुँदैछन् ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले सिजनका बाँकी खेलहरूको तालिका सार्वजनिक गरिसकेको छ । तर, केही विदेशी खेलाडीहरूले सिजनको बाँकी खेलका लागि उपलब्ध नहुने आफ्ना फ्रेन्चाइजीहरूलाई जानकारी गराएकाले बीसीसीआईले आईपीएलको बाँकी खेलका लागि टोलीहरूलाई अस्थायी रूपमा वैकल्पिक खेलाडीहरू थप्न अनुमति दिएको छ ।

यदि खेल बीचमा नरोकिएको भए आईपीएलको फाइनल यही मे २५ तारिखमा तय भएको थियो । अब जुन ३ मा फाइनल खेल हुनेछ ।