अवैध लागूऔषधसहित ३ जना पक्राउ

अवैध लागूऔषधसहित ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले मकवानपुर र धनुषाबाट ३ जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करीब १० किलो ३०० ग्रामसहित २ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका–२ बस्ने ४० वर्षीया फुलमाया स्याङ्बो र ३० वर्षीया निर्मला मोक्तान छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा३ख ८३९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार फुलमायालाई करीब ५ किलो २०० ग्राम र निर्मलालाई करीब ५ किलो १०० ग्राम गाँजासहित फेला पारी पक्राउ गरेको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरबाट अवैध लागूऔषध गाँजा करीब ५०० ग्रामसहित सोही ठाउँ बस्ने ६० वर्षीय रामदेव यादवलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई गाँजासहित पक्राउ गरेको छ ।

गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।