काठमाण्डु – नेपाली सेनाको सैनिक विशेष अदालतले सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई सेवाबाट पदमुक्त गर्ने फैसला गरेको छ ।
सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले खड्का र कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी पदमुक्त गर्ने फैसला गरेको सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।
सैनिक कल्याणकारी कोषको सवा २ करोड रूपैयाँ हिनामिना गरेको आरोप लागेका सहायक रथी खड्का र मेजर कार्कीलाई अदालतले दोषी ठहर गरेको छ ।
प्रवक्ता बस्नेतले भने, ‘सैनिक अनुशासन, आचारसंहिता र सम्पत्ति सम्बन्धी कसूरमा सैनिक ऐन २०६३ को दफा १०१ बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने फैसला सैनिक अदालतबाट भएको छ । फैसलामा अपचलन भएको रकम समेत दुवै जनाबाट असूलउपर गर्ने भनिएको छ ।’




प्रतिक्रिया