मीठो निद्रा कसरी पार्ने ?

मीठो निद्रा कसरी पार्ने ?

पर्याप्त सुत्नु शारीरिक र मानसिक स्वास्थ्यका साथै रचनात्मकता र सृर्जनशीलताका लागि पनि महत्त्वपूर्ण छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- निदाउनु भनेको सिरानीमा टाउको राख्नु मात्रै होइन, मीठो र गहिरोसँग सुत्नु हो । तर विश्वका धेरै मानिसहरूलाई अहिले मीठो र गहिरो निद्रोको समस्या छ ।

प्रसिद्ध आध्यात्मिक गुरु ओशोका अनुसार मानव सभ्यताको विकासले सबैभन्दा धेरै केही कुराहरूमा असर परेको छ भने त्यो निद्रामा नै हो । मानिसले कृत्रिम प्रकाशको आविष्कार गरेपछि उसको निद्रा बिग्रिएको छ । विद्युतीय सामग्रीहरू मानिसको हातमा पर्दै गएपछि निदाउनु भनेको समयको दुरुपयोग वा बेकारको काम लाग्दै गएको छ ।

वैज्ञानिककहरू भन्छन्–यदि तपाईँ लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मीठो निद्रामा समय खर्च गर्नुहोस् ।

अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका निन्द्रा विशेषज्ञ म्याथ्यु वाकरले मानिसको निद्राका विषयमा थुप्रै अध्ययन गरेका छन् । ‘निद्रा सबैभन्दा प्रजातान्त्रिक र निःशुल्क उपलब्ध सबैभन्दा राम्रो स्वास्थ्य सेवा प्रणाली हो’ उनी भन्छन् ।

५० वर्षको अध्ययन एवम् अनुसन्धानपछि अबको विषय ‘निद्राले हामीलाई के गर्छ’ भन्ने होइन कि ‘निद्राले फाइदा नगर्ने केही छ कि’ भन्नेमा केन्द्रित हुन थालेको छ ।

निद्राले हामीलाई के गर्छ?

अहिलेसम्म अध्ययनकर्ताहरूले निद्राले फाइदा नगर्ने स्वास्थ्यसम्बन्धी कुरा पत्ता लगाउन सकेका छैनन् ।

विज्ञानले अहिलेसम्म पत्ता लगाएको कुरो भनेको निद्राको अभावमा हाम्रो शरीर र मस्तिष्कमा नाटकीय असर गर्छ भन्ने हो । विकसित मुलुकमा मानिसहरूको ज्यान लिइरहेको अल्जाइमर्स, क्यान्सर, मुटु र धमनीसम्बन्धी रोगहरू, मोटोपन, डिप्रेशन, चिन्ता र आत्महत्याको पनि निद्राको अभावसँग केही न केही सम्बन्ध पाइएको छ ।

निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीहरूको नवीकरण हुन्छ । निद्रा पुगेन भने तिनमा असर पर्छ । तर निद्रा भने प्राकृतिक हुनुपर्छ । निद्राको औषधिले क्यान्सर, सङ्क्रमण र मृत्युको सम्भावना बढाउँछ ।

विकसित मुलुकको तथ्याङ्क हेर्दा हिजोआज मानिसहरू कम सुत्न थालेको स्पष्ट हुन्छ । हिजोआज मानिसहरू एक सय वर्षअघिको भन्दा औसतमा कम सुत्छन् ।

दैनिक ७ देखि ९ घण्टा सुत्दा पर्याप्त निद्रा पुग्छ । पर्याप्त सुत्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि मात्रै होइन, रचनात्मकता र सृर्जनशीलताका लागि पनि महत्त्वपूर्ण छ ।

७ घण्टाभन्दा कम सुत्ने मानिसहरूको शरीर र मस्तिष्कमा असर हुन थाल्छ र रोगको प्रतिरोध गर्ने क्षमतामा असर गर्छ ।
विश्वका धेरै ठाउँमा हिजोआज अँध्यारो हुँदैन । किनभने हामी धेरैजसो कृत्रिम उज्यालोमा समय बिताउछौँ । अहिले हाम्रो

जीवनमा धेरै धपेडी पनि हुन्छ ।

अनि हामी नपुगेको निद्रा पुर्‍याउन खालि समयको सदुपयोग पनि गर्दैनौँ ।

तर निदाउनका लागि हामी आफैँलाई प्रशिक्षित गर्न सक्छौँ । वैज्ञानिकहरू भन्छन्–हामीले आफ्नो बानी परिवर्तन गर्यौँ भने राम्रो परिणाम तुरुन्तै देखिन्छ ।

निदाउन के गर्ने

–सुत्ने र उठ्ने समय नियमित बनाउनुहोस्

–अँध्यारोमा बस्नुहोस्

यसको अर्थ मोबाइल वा टीभी वा कम्प्युटरको स्क्रीनबाट पर रहनु पनि हो । स्क्रीनले नीलो प्रकाश निकाल्छ जसले निद्राको हार्मोन मेलटोनिनको प्रभावलाई निस्तेज पारिदिन्छ ।

–तापक्रम घटाउनुहोस्

–ओछ्यान सुत्नका लागि मात्रै

सुत्न र अन्य सीमित क्रियाकलापका लागि मात्र ओछ्यानमा जानुहोस्, जस्तो खाना खान, पढ्न वा खेल्न होइन ।
यदि ओछ्यानमा २० मिनेटसम्म निदाउन सकिएन भने उठेर केही बेर हिँड्ने, पढ्ने वा अरू केही काम गरेर अलमलिनुपर्छ । त्यसो गर्दा फेरि सुत्न सजिलो हुन सक्छ ।

–कफी कम खानुहोस्

–मदिराबारे विचार गर्नुहोस्

मदिरा पिएर लागेको निद्राले स्वास्थ्य र सपनालाई राम्रो गर्दैनन् ।