विद्युत प्राधिकरणमा हितेन्द्रको सय दिन, के-के भए उपलब्धि ? (पूर्णपाठ)

विद्युत प्राधिकरणमा हितेन्द्रको सय दिन, के-के भए उपलब्धि ? (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत आयोजनामा पुगेको क्षति बारे जानकारी गराएका छन् ।

मंगलबार आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गर्दै शाक्यले भोटेकोशी नदीमा बाढी आउदा करीब २०० मेगावाटभन्दा बढी विद्युत उत्पादन ठप्प भएको जानकारी दिए ।

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजना र ६० मेगावाटको त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनामा क्षति पुगेको बताए ।

यस्तै उनले सय दिनका उपलब्धि सुनाउँदै उनले डेडिकेटेड र ट्रंक लाइन विद्युत महशुलसम्बन्धी विवाद चाँडै समाधान हुने बताएका छन्।

लामो समयदेखि अन्यौलमा रहेको उक्त विवाद समाधानको बाटोमा प्रवेश गरिसकेको जानकारी दिए।

उनका अनुसार सञ्चालक समितिबाट पुनरावलोकनको म्याद, धरौटी रकममा संशोधन तथा पुनरावलोकन समितिको अध्यक्षको नियुक्ति सम्बन्धी नीतिगत निर्णयहरू भइसकेका छन्। हालसम्म ४६ वटा पुनरावलोकनका निवेदन प्राप्त भइसकेको छ र ती निवेदनहरूको अध्ययन तथा मूल्यांकन कार्य पुनरावलोकन समितिबाट जारी रहेको शाक्यले जानकारी दिए। ‘निर्धारित समयसीमाभित्रै यो मुद्दा समाधान हुने अपेक्षा गरिएको छ,’ उनले भने।

त्यसैगरी, उनले पेमेन्ट गेटवे निर्माण कार्य परीक्षणको अन्तिम चरणमा रहेको जानकारी पनि दिएका छन्। सो गेटवेको माध्यमबाट देशभर रहेका ठूला कर्पोरेट ग्राहकहरूले आफ्ना सबै इकाइहरूको महशुल भुक्तानी केन्द्रिकृत रूपमा एकै स्थानबाट गर्न सक्ने व्यवस्था हुने बताइएको छ।

शाक्यका काठमाण्डु उपत्यका भित्र नियमित भरपर्दो र गुणस्तरिय विद्युत आपुर्तिको ब्यवस्था मिलाउनका लागि उपत्यका भित्र रहेका विभिन्न १७ वटा स्विचिङ तथा सवस्टेशनहरुमा जडान भएका फिडरहरुको संचालन अवस्था स्विचटारमा रहेको (Distribution Control Centre) मार्फत २४ सै घण्टा अनुगमन गर्ने ब्यवस्था मिलाईएको छ । यसबाट विद्युत प्रवाहको विश्वसनीयता र गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ।