शिक्षण अस्पतालमा इमर्जेन्सी १५ शैया र आधुनिक एमआरआईको स्वास्थ्यमन्त्री पौडेलद्वारा उद्घाटन

शिक्षण अस्पतालमा इमर्जेन्सी १५ शैया र आधुनिक एमआरआईको स्वास्थ्यमन्त्री पौडेलद्वारा उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा थपिएको १५ शैयाको इमर्जेन्सी ग्रीन एरिया वार्डको सुरुवात गरेका छन् ।

मन्त्री पौडेलले अस्पतालमा शुरु गरिएको आधुनिक थ्रीटेस्ला एमआरआई सेवा समेत शुरु गरेका छन् । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० करोड रुपैयाँ दिएको थियो ।

सेवा शुरुवात गर्दै मन्त्री पौडेलले टिचिङ अस्पतालमा नागरिकको भरोसा बढी भएको भन्दै सरकारी अस्पतालहरूमा धेरै आउनुको कारण यही भएको बताए । अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सुपथ र शुलभ सेवा प्राप्त गर्न सहज हुने भन्दै मन्त्री पौडेलले थप सेवा विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने बताए ।

‘टिचिङको सेवा अझ आधुनिक र क्षमता विस्तारमा मेरो साथ रहनेछ,’ मन्त्री पौडेलले भने । अस्पतालका निर्देशक प्रा.डा. सुभाष आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मशिन प्राप्त भएको भन्दै बिरामीले धेरै पैसा तिरेर अब अस्पताल बाहिर जानु नपर्ने बताए ।

बिरामी संख्या अधिक भए पनि इमर्जेन्सीमा शैया अभाव हुँदा एकै बेडमा २ जनासम्म भर्ना गर्नु परे पछि अस्पतालले शैया थप गरेर इमर्जेन्सी ग्रीन एरियामा १५ शैया पुर्‍याएको छ ।

यसअघि ८ बेड मात्र हुँदा कतिपय अवस्थामा एउटै बेडमा धेरैले उपचार गाउनुपर्ने बाध्यता थियो । अब क्षमता दोब्बर भएकाले बढी बिरामीले राहत पाउनेछन् । कम गम्भीर बिरामी रहने एल्लो एरियामा भने अब २० शैया रहनेछ ।